मोहन बहादुर थापा
प्रधानाध्यापक
आजको विश्वमा शिक्षाको अर्थ कितावी ज्ञानमात्र नलिई विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गरी व्यक्तिगत जीवन सफल पार्न का लागि सहयोग गर्नु हो । यस प्रकारको शिक्षा प्रदान गर्न विद्यालयको अहम भुमिका हुन्छ । सक्षम व्यक्ति र समुह समाज निमाणर्को जिम्मेवारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको हुनुपर्दछ भन्ने कुरालाई आत्मसाथ गर्दै यस कुलमष्टजन माध्यामिक विद्यालय भातेखोला मष्टा ४ बझाङले यस भेगमै गुणस्तरीय तथा व्यवसायिक शिक्षा प्रदानगरी एउटा उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा अगाडी बढिरहेको छ । २०१६ सालमा स्थापना भएको यस विद्यालयले स्थापना सालदेखि नै गुणस्तरीय शिक्षा प्रदाग गर्दै सामुदायको मन जित्न सफल भएको छ । विभिन्न काल खण्डमा यसका विद्यालयको स्तरवृद्धि हुदा उच्च माध्यामिक शिक्षा परीषदवाट २०६३ सालमा कक्षा ११ र १२ संञ्चालन गर्न सम्वधन प्राप्त गरी शिक्षा शास्त्र संकाय तर्फका विषयहरु अध्यापन गराउदै आइरहेको छ भने अहिलेको समाजको प्राविधिक शिक्षाको बढ्दो मागलाई ध्यानमा राखी २०७६ सालदेखि प्राविधिक तथा व्यवसायिक धार तर्फ वाली विज्ञान विषयको अध्यापन गर्ने अनुमति प्राप्तगरी कक्षा सञ्चालन भइरहेको व्यहोरा पनि अवगत गराउन चाहान्छु ।
दुर्गम हिमाली जिल्ला बझाङको विकट मष्टा गाउपालिकामा स्थित यस विद्यालयले डाक्टर,इन्जिनियर,प्राध्यापक,राजनितिज्ञ,शिक्षक तथा निजामति कर्मचारीहरु उत्पादन गरी रान्यको विभिन्न निकायमा कार्यरत रहेकाले विद्यालय आफुले उत्पादन गरेको जनशक्ति प्रति गर्भ गर्दछ । यसको सम्पुणर् श्रेय आम अभिभावक,अग्रज सुझबुझ सम्पन्न व्यक्तित्व,शिक्षकतथा कर्मचारी हरुको समर्पण तथा विद्यार्थीहरुको मिहिनेतलाई दिन चाहान्छ । यस प्रकारको सहयोग सम्वन्धित पक्षवाट निरन्तर भएमा विद्यालयले अगाडी दिनहरुमा पनि आफ्नो गुणस्तरीयता कायम राख्न सक्छन भन्ने कुराको विश्वास दिलाउन चाहन्छ ।
यस भेगको पहिलो एउटै मात्र कक्षा १२ संचालित यस माविले आजको आवश्यकतालाई ध्यानमा राखी प्रा.वि. तहबाट अंगे्रजी माध्यम मा शिक्षणको शुरुवात गरेको छ । देशव्यापी रुपमा कोभिडको संक्रमणले भएको शैक्षिक क्षतिलाई पुरागर्न अतिरिक्त कक्षा संचालनमा शिक्षण सहजिकरणमा आधारित शिक्षण तथा शिक्षित अभिभावकहरुलाई सिकाई सहजिकरणको योजना वनाई दिएर सिकाइलाई निरन्तरता दिन कमि गरेको छैन । विद्यार्थिहरुको चौतर्फि विकासमा लागि नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद क्रियाकलाप वौद्धिक क्रियाकलाप सुझाव सल्लाह कम्प्युटर लगायत पिमुलक शिक्षाको समेत आदानप्रदान अवसर प्रदान गदै आइरहेको छ ।
अनुभुवी तथा दक्ष शिक्षकहरुद्धारा अध्यापन गराइने यस विद्यालयमा विद्यार्थीको व्यक्तिगत सामाजिक तथा चौतर्फि विकासका लागी तथा उनिहरुको अन्तरनिदित क्षमता प्रस्फुट गराउने शिक्षकहरु एवम प्रशासन सक्रिय सजत एवम क्रियाशिल भई लागिरहेको हुन । यस भेगका जनसमुदाय समाजसेवी वुद्धिजिवी तथा अभिभावहरुवाट पनि विद्यालयको विकासका लागि निरन्तर सल्लाह सुझाव एवम सहयोग उपलब्ध हुदै भएकोमा समृद्धि सहयोगी हत तथा मनहरुमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस विद्यालयले प्राप्त गरेको नमुना विकास कार्यक्रमको सफल कार्यान्वयनका लागि सदैव साथ दिई विद्यालयको अग्रगामी विकासमा हातेमालो गर्नुहुने भन्ने आशा लिएको छु ।